• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

बढ्दो चिसोले गर्दा जनजिवन प्रभावित, सरकारी निकाय मौन

बढ्दो चिसोले गर्दा जनजिवन प्रभावित, सरकारी निकाय मौन
केशव झा
जनकपुरधाम, पौष २४
केहि दिन यता बढ्दो चिोिले गर्दा तराई मधेशका जिल्लाहरुमा जनजिवन कष्टकर बनेको छ। 
यता सर्वसाधारण ब्यक्ति, सँघ संस्था र नेपाली सेना द्वारा न्यानो लुगा, आद्य समाग्रिहरु वितरण गरिए पनि सरकारी सँघ संस्थाहरुको कुनै भुमिका देखिएको छ्रैन। प्रदेश नं २ मा चिसोको कारण मृत्यु हुनेको सङख्या अहिले सम्म तिस पुगेको छ। जस मध्ये सब भन्दा बढी सप्तरीमा १४ जनाको मृत्यु भएको तथ्याङक छ। त्यसैगरि रौतहटमा ५, सिरहामा ३, धनुषामा २, महोत्तरीमा २ र बारा—पर्सामा २—२ जनाको मृत्यु भएको तथ्याङकमा उल्लेख छ। तर पनि यि तथ्याङकहरुलाई जिल्ला दैविक प्रकोप उद्धार समितिहरुले पुष्टि गरेका छैनन्। चिसोले गर्दा सिरहा र सप्तरिमा १—१ जना बालकको पनि मृत्यु भएको छ। त्यसैगरि बढ्दै गईरहेको चिसोको कारण पढ्न जाने बिद्यार्थिहरुलाई पनि सास्ति भएकाले सामुदायिक विद्यालयहरुमा विदा दिइएको छ र यता निजि विद्यालयहरुमा पनि ३ दिनको विदा दिइएको छ।
चिसोले गर्दा पुरा जनजिवन प्रभावित भए पनि अहिले सम्म जिल्ला दैविक प्रकोप उद्धार समिति र रेडक्रस सोसाईटिको भुमिका मौन देखिएको छ। 
 


यसमा तपाईको मत