• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

अक्षर चौथों बार्षिकोत्सव मनाउँदै, शिक्षा पहिलो प्राथमिकताः साह

अक्षर चौथों बार्षिकोत्सव मनाउँदै, शिक्षा पहिलो प्राथमिकताः  साह
विकास साह
पुस २५ गत्ते, जनकपुरधाम ।
प्रदेश नं. २ का प्रदेश सभा सदस्य परमेश्वर साहले देशको संघीय संरचनामा शिक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनु भएको छ । जनकपुरको पहिलो आईएसओ प्रमाणित विद्यालय अक्षर विद्या मन्दिरको चौथो बार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै साहले शिक्षा बिना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेकोले शिक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनु भएको हो । साहले सबै बर्गका लागि शिक्षालाई स्तरीय र प्रभावकारी बनाउन अब बन्ने सरकारले पहल गर्नेमा विश्वास व्यक्त गर्नु भएको थियो । बार्षिकोत्सवको अवसर पारेर अक्षर विद्या मन्दिरले  आईतबारदेखि सांस्कृतिक कार्यक्रमसहितको चार दिवसीय उत्सव मनाउँदै छ । सोमबार दोस्रो दिनको कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा मेघावी छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई छात्रवृत्तिसहित ट्रफी प्रदान गरिएको थियो । विभिन्न प्रतिस्पर्धामा भाग लिएका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति रत्न कुमार कर्ण, निजी विद्यालय शिक्षक संगठनका अध्यक्ष व्रजकिशोर यादव, विद्यालयका प्रधानाध्यापक प्रकाश कुमार, सह–प्रधानाध्यापक सरीता पुण्डिर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज जलान, सदस्य प्रभु दयाल जालान, अभिवावक लगायतको उपस्थिती रहेको थियो ।
 


यसमा तपाईको मत