• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

खसीलाई न्यानो बनाउन बालेको आगो फैलँदा गोठघर ध्वस्त

खसीलाई न्यानो बनाउन बालेको आगो फैलँदा गोठघर ध्वस्त
पुस २५ गत्ते, सिरहा ।
बिरामी खसीलाई न्यानो बनाउन बालेको आगो फैलँदा सिरहाको लहान नगरपालिका वडा नम्बर २२ का बृक्ष साहको घरगोठ जलेको छ ।
आगलागीबाट एउटा खसी मरेको छ भने व्याउने गाईलाई गम्भीर चोट लागेको छ ।
पीडित साहको गोठे घरमा रहेका लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । आगलागीबाट करिव १२ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
आगो निभाउनका लागि लहान नगरपालिकाबाट गएको दमकल बस्ती भित्र छिर्न नसक्दा बढी क्षती भएको छ ।
आगो स्थानीयबासी र इलाका प्रहरी कार्यलय लहानबाट गएको नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले दुुई घन्टा पछि नियन्त्रणमा लिएको थियो ।
 


यसमा तपाईको मत