• :
  • :
    • On Air
    • Nepal Khabar
    • Up Next
    • Sapna sapne Rahigel Repeated

समाचार

धुर्मुस सुन्तली फाउण्डेशनले एकैदिन गरे धनुषाको ४ वटा वस्तीमा न्यानो वितरण

धुर्मुस सुन्तली फाउण्डेशनले एकैदिन गरे धनुषाको ४ वटा वस्तीमा न्यानो वितरण
पुस २५ गत्ते, धनुषा ।
तराई मधेशमा जाडोसंगै चलेको निरन्तरको सितलहरले जनजीवन कष्टकर भएपछि धुर्मुस सुन्तली फाउण्डेशनले गरिब ,दलित एवं विपन्न घरपरिवारहरुलाई जाडो छल्न न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । त्यस क्रममा फाउण्डेशनले सोमबार धनुषाको ४ वटा वस्तीमा १ सय २० घरपरिवारलाई न्यानो वितरण गरेको छ । 
फाउण्डेशनले पत्रकार शैलेन्द्र महतो क्रान्ति र दिपक मिश्रको समन्वयमा जनकपुुर उपमहानगरपालिका १४ मुजेलिया स्थित रहेको मुसहर वस्तीमा ७० घरपरिवारलाई न्यानो बल्यांकेट घरघरमा गई वितरण गरेको छ । यस्तै बटेश्वर गाउँपालिकाको वडा नं। ४ मा रहेको मुसहर वस्तीमा २५ घरपरिवार, वडा नं। १ विजयपुरमा १० वटा विपन्न परिवार , वडा नं। २ भूचक्रपुरमा १५ विपन्न परिवारलाई प्रति परिवार एक वटा न्यानो बल्यांकेट वितरण गरेको पत्रकार क्रान्तिले जानकारी दिनुभयो । लुगाफाटोको अभावमा जाडो छल्न मुस्किल भएको बेला न्यानो बल्यांकेट पाएपछि दलित एवं विपन्न परिवारहरु खुसी भएका छन् । 
तराईका चिसो प्रभावित एवं बाढी प्रभावित गरिब , दलित एवं विपन्न परिवारहरुलाई लक्षित गरि धुर्मुस सुन्तली फाउण्डेशनले लागतार न्यानो बल्यांकेट वितरण गर्दै आएको छ ।
 


यसमा तपाईको मत