• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

महोत्तरीमा शितलहर प्रभावित वृद्धवृद्धालाई कम्बल वितरण

महोत्तरीमा शितलहर प्रभावित वृद्धवृद्धालाई कम्बल वितरण
रंजन भण्डारी
पुस २५ गत्ते,महोत्तरी ।
 
महोत्तरीमा असहाय वृद्धवृद्धालाई राहत स्वरुप कम्बल वितरण गरिएको छ । असहाय संरक्षण मन्चले एकडारा गाउपालिका वडा नं. ६ स्थित दलित वस्तीका २० जना असहाय वृद्धवृद्धालाई कम्वल र ट्राउजर वितरण गरेको छ ।
 
मन्चका अध्यक्ष वैद्यनाथ साहले सामाजिक संजालमा शितलहर प्रभावित वृद्धवृद्धाको फोटो देखेपछि तत्कालै राहत स्वरुप कम्बल र ट्राउजर वाडे । स्थानिय युवा तथा संचारकर्मी दिपक कुमार पाण्डेयले आफ्नो वडाको दलित वस्तीको शितलहर प्रभावितहरुको फोटो राखेपछि थप अन्य सहयोगी हातहरु समेत अगाडी आाएका छन भने उनीहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । यता संचारकर्मी पाण्डेय र उनका स्थानिय साथीहरु समेतको सहभागितामा सो वडामा दाउरा र चिया वाडिएको छ ।
 
संचारकर्मी पाण्डेयले आफ्नै खल्तीवाट ५ क्विन्टल दाउरा र चियाको खर्च व्यहोरेका छन । उहाले यो अभियान शितलहर चलेसम्म जारी राख्ने बताए ।
यस्तो छ अवस्था ः
महोत्तरीमा शितलहरबाट वालवालिका,वृद्ध तथा दैनिक ज्यालादारी गर्नेहरु अध्यधिक रुपमा प्रभावित भएका छन । महोत्तरीका विभिन्न नगर तथा ग्रामिण भेगमा गत साता देखि वढेको चिसोले दैनिक ज्यालादारी गर्नेहरु, स्कुले वालवालिका तथा वृद्धहरु अत्यधिक प्रभावित भएपनि अझै उनीहरुले राहतको नाममा केहि पाउन सकेका छैनन ।
 
हालसम्म राहत को नाममा केहि स्थानमा आगो र चिया तथा एकाध वस्तीमा कम्बल वितरण गरिएपनि त्यो नगन्य छ । नेपाली सेनाको तर्फबाट मटिहानी नगरपालिका,जलेश्वर नगरपालिका र एकडारा गाउपालिकाका चोकहरुमा आगो र चियाको बन्दोवस्त गरिएको थियो भने धुर्मुश सुन्तली फाउण्डेशन र गौशाला नगरपालिकाको तर्फबाट केहि थान कम्बल वितरण गरिएको थियो । यता भंगहा नगरपालिकाको तर्फबाट चोकहरुमा आगोको बन्दोवस्त गरिएको थियो । झण्डै तिनलाख भन्दा वढी जनसंख्या रहेको महोत्तरीमा यतिको राहत थोरै छ ।


यसमा तपाईको मत