• :
  • :
    • On Air
    • Nepal Khabar
    • Up Next
    • Sapna sapne Rahigel Repeated

समाचार

प्रदेश नम्बर २ को कामकाजी भाषा मैथिली नै रहने कांग्रेस नेता निधिको दावी

प्रदेश नम्बर २ को कामकाजी भाषा मैथिली नै रहने कांग्रेस नेता निधिको दावी
पुस २६ गत्ते, जनकपुरधाम ।
पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नम्बर २ को कामकाजी भाषा मैथिली नै रहने बताउनुभएको छ । नेपालको दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिलीको आफनो राज्य भएपछि सहज रुपमा विकास हुने समेत उहाँले बताउनुभयो ।
विद्यापति स्मृति प्रतिष्ठान, राजगढको आयोजनामा सिरहाको धनगढी नगरपालिकामा शुरु भएको ५ दिवसिय महाकवि विद्यापति स्मृति पर्व समारोहको समुदघाटन गर्दै निधिले प्रदेश नम्बर २ को नाउँपनि मिथिला नै उपयुक्त रहेको उल्लेख गर्नुभयो ।
जनकपुरको राजधानी बन्नमा कुनै विवाद नरहेको बताउँदै उहाँले भन्नुभयो राजधानीको लागि जनकपुरमा सबैकार्य भइरहेको छ ।
विद्यापतिको रचनाको सम्बन्धमा बोल्दै उहाँले विद्यापति भक्ति र श्रृगांररसका अमर गायक रहेको बताउनुभयो ।
समारोहमा मैथिलीका विद्वानहरुको पनि सहभागिता रहेको थियो ।
 


यसमा तपाईको मत