• :
  • :
    • On Air
    • Up Next

समाचार

संयोजन समिति बैठकःपार्टी एकताका लागि कार्यदल बनाउन असफल

संयोजन समिति बैठकःपार्टी एकताका लागि कार्यदल बनाउन असफल
पुस २६ गत्ते,काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट (भक्तपुर) मा बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक ठोस उपलब्धिबिनै सकिएको छ ।  मंगलबार ४ घण्टा सम्म बसेको बैठकमा पार्टी एकताका विविध विषयमा छलफल भएपनि ठोस उपलब्धि बिनै बैठक सकिएको हो । 
आजको बैठकले कम्तीमा पार्टी एकताका लागि वैचारिक र सांगठनिक विषय टुंगो लगाउन एक कार्यदल बनाउने अपेक्षा गरिएपनि सो समेत हुन सकेन । 
आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बस्ने बैठकबाट  वैचारिक र सांगठनिक विषय टुंगो लगाउन एक कार्यदल बनाउने सहमति भएको थियो । तर,  आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन र केन्द्रको सरकार निर्माणका लागि भने एक समिति गठन गरेको  एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । 
गौतमका अनुसार उपसमितिमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् । 
अब अर्को संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचार गराएर स्वदेश नफर्किएसम्म बस्ने छैन । 
ओली बुधबार  दिउँसो स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाने कार्यक्रम छ । उनी आएपछि मात्रै बैठक बसेर एकताको विषय टुंगो लगाउने नेताहरुले बताएका छन् । 
दुई पार्टीबीच वैचारिक, सांगठनिक र शक्ति बाँडफाँडको विषयमा  मतभेद रहेको बताइन्छ ।
 

 



यसमा तपाईको मत