• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

सवारीचालक अनुमतिपत्रको लागि जनकपुरबाट पहिलो पटक अनलाईन दर्ता सुरु

सवारीचालक अनुमतिपत्रको लागि जनकपुरबाट पहिलो पटक अनलाईन दर्ता सुरु
पुस २६ गत्ते,जनकपुरधाम ।
यातायात व्यवस्था कार्यालय जनकपुरले आजदेखि अनलाईन सेवा सुरु गरेको छ ।
कार्यालयले एक सुचना जारी गरी यातायात व्यवस्था कार्यालयको वेभसाईट www.dotm.gov.np मा गई लाईसेन्सको फाराम भर्न सकिने जनाएको छ ।
 
आज र भोली गरी दुई दिन मोटरसाईकल, स्कुटर, मोपेड अर्थात दुई चक्के सवारीको लागि आवेदन भर्न सकिनेछ भने, चारचक्के कार, जीप र डेलिभरी भ्यानको लागि समेत आजदेखि फाराम खुल्ला गरिएको छ ।
 
www.dotm.gov.np  फाराम बाट भरी चाहिने आवश्यक कागजातहरु समेत बुझाउनुपर्ने हुन्छ जसलाई बायोमेटिरिक भनिएको छ ।
बायोमेटरिक अन्तर्गत फोटो खिच्ने तथा मेडिकल जाँचका साथै शुल्क बुझने कार्य हुनेछ ।
 
फोटो खिचेको भोलीपल्ट लिखित परीक्षा तथा परीक्षाको नजिता प्रकाशित भएपछि भोलीपल्ट टरायल लिइने छ ।
 
लिखित सबै समूहको याज्ञबलक्य सँस्कृत विद्यालयमा हुनेछ भने टरायल दुईचक्केको त्यही स्थानमा तथा चारचक्केको लागि मुजेलियामा हुने जनाइएको छ ।
अनलाईन फाराम भर्न भएपछि सेवाग्राहीहरु सहजता महसुस गरेको देखिएको छ ।
 
 

 



यसमा तपाईको मत