• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

शहीद सत्यनारायण पाठकको स्मृति दिवस सम्पन्न, पाठकले जनकपुरलाई ठूलो गुण लगाएकोः पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि

शहीद सत्यनारायण पाठकको स्मृति दिवस सम्पन्न, पाठकले जनकपुरलाई ठूलो गुण लगाएकोः पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि

पुस २६ गत्ते,जनकपुरधाम ।

शहीद सत्यनारायण पाठकको २९ औ स्मृति दिवस जनकपुरमा एक समारोह बीच सम्पन्न भएको छ । अग्नि कुण्ड स्थित शहीद पाठकको स्मारकस्थलमा आयोजित सो अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले शहीद पाठकले जनकपुरलाई ठूलो गुण लगाएको बताउनु भयो ।

टाउन प्लानिगंको नाउँमा जनकपुरको केही जग्गामा बाहिरका व्यत्तिःलाई बसाउने सरकारी योजनालाई शहीद पाठकले निरस्त गरेको उहाँको कथन थियो ।

 
समारोहमा विद्यायक एवं नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले शहीद पाठकको योगदानको चर्चा गर्नुभयो ।
विशेश्वर यादवको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा काँग्रेस नेता दिगम्बर राय, किशोरी साह, मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरी, पार्टीका नगरअध्यक्ष मनोज साह लगायतको उपस्थिति रहेको थियो ।

 



यसमा तपाईको मत