• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रथम महिला सहिद पत्रकार उमा सिंहको ९ औं स्मृति दिवस पत्रकार महिलाहरुले मनाए कबीर अनाथ बाल वात्सल्यमा

प्रथम महिला सहिद पत्रकार उमा सिंहको ९ औं स्मृति दिवस पत्रकार महिलाहरुले मनाए कबीर अनाथ बाल वात्सल्यमा
दिपक कर्ण
पुस २७ गत्ते,जनकपुरधाम
प्रथम महिला सहिद पत्रकार उमा सिंहको ९ आंै स्मृति दिवस मनाइएको छ । 
क्रियाशिल पत्रकार महिला धधव को आयोजनामा बिहिबार जनकपुर स्थित सदगुरु कबीर अनाथ बाल वात्सल्य आश्रममा स्व.पत्रकार सिंहको स्मृति दिवस मनाईएको हो । कार्यक्रममा जनकप’रका स्थानिय सञ्चारकर्मीह?को उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले उमा सिंहले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै क्रियाशिल महिला पत्रकारका अध्यक्ष रिंकु मिश्र गायत्रीले स्व.पत्रकार उमा सिंह अहिलेपनि सम्प’र्ण महिला पत्रकारहरुको मन मष्तिस्कमा जिवित रहेको बताए । उनले उमाको हत्या पश्चात महिला पत्रकारहरु विस्थापित हुनुपरेको बताउँदै उनीहरु अहिलेपनि सुरक्षित नरहेको बताए । अध्यक्ष मिश्रले महिला पत्रकारहरुको सुरक्षाको प्रत्याभुती न त नेपाल पत्रकार महासंघले सोचेको न त सञ्चार गृहहरुले नै उनीहरुको सुरक्षा सम्बन्धी ध्यान दिएको गुनासो समेत गरिन . 
कार्यक्रममा आश्रमका सञ्चालक सन्त आलोकले आश्रममा बेटी बचाउ अभियान सुरु गरि आफुले ८ जना बालिकालाई बचाएको भन्दै सबैले यस अभियानमा सहयोग गर्नु्पर्ने आवश्यकता रहेको जिकिर गरे । उनले यस अभियानको सुरुवात नगरिए प्रकृति नै नष्ट हुने बताए । 
सन्त आलोकले महिलाप्रति सघनताका साथ काम गरिरहेको बताउँदै आफुले त्यही सोंचका साथ आश्रम सञ्चालन गरेको र भविष्यमा छोरीलाई बचाउनु अति आवश्यक रहेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिलका सदस्य नवल किशोर यादव,पत्रकारहरु अजय कुमार झा,घनश्याम मिश्र,दिपक मिश्र,शैलेन्द्र क्रान्ती,दिपक कर्ण,पुरन साह,मनिका झा,नेहा झा,प्रतिभा झा,स्मृति मिश्र,अम्बिका मण्डल,आरती मण्डल सहितको सहभागिता रहेको थियो . रेडियो टुडेमा काम गर्ने सिंहको २०६५ पुस २७ गते जनकपुरमा उमेश यादव नामको व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । कार्यक्रममा धधव को तर्फ बाट फलफुल तथा हर्लिक्स,  अमित स्टेशनरीले उपलब्ध गराएको ६ दर्जन काँपी र कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको किताब,बिस्कुट,पेन्सील,कटर,इरेजर, ,मिडियाकर्मी मनिष झाको तर्फबाट टोपी र बिस्कुट,पत्रकार हदिश खुद्दारको तर्फबाट बिस्कुट,पेन्सील,कटर,इरेजर  लगायतका स्टेशनरी सामानहरु र समाजसेवी बैद्यनाथ साहको तर्फबाट प्रदान गरिएको शल आश्रमका सञ्चालक सन्त आलोकलाई प्रेस काउन्सिलका सदस्य नवल किशोरले भने आश्रमकी मिरा माईलाई महिला सञ्चारकर्मीहरुले शल ओढायी सम्मान गरेका थिए । .
 


यसमा तपाईको मत