• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

सिरहामा कठ्याङ्ग्रिएर थप एक जनाको ज्यान गयो

सिरहामा कठ्याङ्ग्रिएर थप एक जनाको ज्यान गयो
पुस २७ गत्ते,सिरहा ।
हुस्सु र शीतलहर नोरोकिए पनि सिरहामा जाडोले कठ्याङ्ग्रिएर बुधबार थप एक जनाको ज्यान गएको छ  ।
जाडोले कठ्याङिग्रएर सिरहा अर्नमा लालपुर गाउँपालिका–३, का ६५ वर्षीय कारी यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कारीसहित सिराहामा ६ जनाको चिसोले ज्यान गइसकेको छ । यसअघि एक बालक, एक बालिकासहित पाँच जनाको मृत्यु भइसकेको  छ ।
चिसोले बारा र पर्सामा ६ को मृत्यु
 निरन्तरको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ र बारामा २ जनाको ज्यान गएको छ ।
बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।
यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।
उता, बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि सोमबार नै चिसोले ज्यान गएको छ ।
 


यसमा तपाईको मत