• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

सहिदहरुको सम्झनामा जनकपुरमा टि–२० क्रिकेट प्रतियोगिता हुने

सहिदहरुको सम्झनामा जनकपुरमा टि–२० क्रिकेट प्रतियोगिता हुने
पुस २८ गत्ते,जनकपुरधाम ।
शहिदहरुको स्मरणमम जनकपुरमा ‘‘दोस्रो सहिद कप टि –२० क्रिकेट २०७४” प्रतियोगिताको आयोजना हुने भएको छ । राजपा युवा संघद्वारा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता जनकपुरको रंगभूमी मैदान बाह्रविघामा अगामी माघ २७ गतेदेखि ८ दिनसम्म चल्नेग राजपा युवा संघले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 
प्रतियोगितामा मधेशका विभिन्न सहरको क्रिकेट टिम, जिल्ला स्तरीय क्रिकेट टिमसहित भारतीय क्रिकेट टीमपनि सहभागी हुने जनाएको छ । उक्त प्रतियोगितामा लगभग १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा पहिलो विजेता टीमलाई पुरस्कार स्वरुप १ लाख ११ हजार रुपँैया र ट्रफी सहित प्रमाण पत्र र उप विजेता टिमलाई ५५ हजार रुपैँया र ट्रफी सहित प्रमाण पत्र प्रदान गरिने राजपा युवा संघका संयोजक रुपेश सिंहले जानकारी दिनुभयो । 
त्यस्तै म्यान अफ द सिरिज हुनेलाई ११ हजार रुपैँया ट्रफी सहित प्रमाण पत्र र म्यान अफ द म्याचलाई नगद प्रदान गरिने बताइएको छ । त्यस्तै मधेस आन्दोलनमा सहादत दिएका सहिद परिवारहरुलाई पनि आर्थिक सहयोग र सम्मान गरिने आयोजकले जनाएको छ ।


यसमा तपाईको मत