• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सिमानामा रहेका ५० प्रतिशत सिमास्तम्भ हराए

सिमानामा रहेका ५० प्रतिशत सिमास्तम्भ हराए
मनिका झा
पुस २८ गत्ते,जनकपुरधाम ।
नेपाल र भारतको सिमाना छुट्याउन गाडिएका ५० प्रतिशत सिमास्तम्भहरु हराएका छन् । 
सिमाना सुरक्षामा खटिएका दुबै देशका सुरक्षा अधिकारीहरुको सहभागितामा नेपाल र भारतको संयुक्त प्राबिधिक टोलीले सिमाको सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सिमास्तम्भहरु हराएको तथ्य खुलेको छ । 
सर्वेक्षणको प्रारम्भीक अनुगमनको क्रममा सिमानामा रहेका पिलरहरु मध्ये ३० प्रतिशत मात्र काम लाग्ने अबस्थामा रहेको जनाईएको छ । सप्तरीको कोशी देखि रौतहट जिल्ला सम्म २२ सय ७० वटा ठुला, साना र मझौला पिलर गाडिएको तथ्याङ्गकमा उल्लेख रहेपनि सर्बेक्षणको क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुङ्गानाले बताए । सप्तरी देखि धनुषा सम्म १५ सय २९ पिलर रहेको जसमा जंगी, प्रमुख, मझौला, साना, सव– सिडरी र आईरन पिलरहरु रहेको बताए । सर्वेक्षणको क्रममा जंगी पिलर १० देखि १५ वटा सम्म मात्र भेटिएको हो । 
सिमामा रहेको दशगजा क्षेत्रहरुमा मुसहर तथा विभिन्न जातिहरुले वस्ती बसालेर बसोबास गर्न थालेपछि पिलरहरु भाँचिएको र कतिपय उपयोग विहिन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए । कतिपय पिलरहरु बाढीका कारणले नदीले बगाएको बालुवा माटोले पुरिएको र कतिपय पिलरहरु मानिसहरुले उखेलेर फालिदिएको कारण पिलरहरु पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । अब बन्ने सव–सिडरी पिलर बनाईने छ, जुन २.४ मिटरको हुनेछ जसको आधि भाग जमिनमुनी गाडिने छ ।” 
सिमा सर्वेक्षणका लागि मेची देखि महाकाली सम्म छुटाछुटै चार वटा टोली खटिएका छन । पुष १० गतेबाट सप्तरी देखि चितवन सम्मको सर्वेक्षण थालेको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको हो । माघ ६ गते भित्र आ आफ्ना टोली प्रमुख समक्ष प्रतिवेदन बुझाउने छन् । त्यस पछि दुबै देशका अधिकारीहरुको उपस्थीतिमा नया पिलर गाडिनुका साथै जिर्ण पिलरहरुको ममर्त सम्भार गरिने सर्बेक्षकहरुको भनाई छ । 
टोली नम्बर २ को कार्यालय नेपाली पक्षको वीरगञ्जमा र भारतीय पक्षको कार्यालय सिमावर्ती क्षेत्र रक्सौलमा राखिएको छ । सर्वेक्षक ओश्वाल र ढुङ्गानाका अनुसार बारा र पर्सा जिल्लामा सर्वेक्षण पुरा भई पिलर फेरिने र मर्मत सम्भार गर्ने कार्य जारी रहेको छ । दुवै देशको सर्वेक्षण टोली नम्बर १ को भारतीय पक्षको कार्यालय किशनगञ्ज र नेपाली पक्षको कार्यालय झापामा राखिएको छ । 
त्यसैगरी टोली नम्बर ३ को नेपाली पक्षको कार्यालय कपिलवस्तु र भारतीय पक्षको सिमापारि रहेको छ भने, टोली नम्बर ४ को कञ्चनपुर जिल्लाको वारि र पारि छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको सर्वेक्षकहरुले जनाएका छन् । १० वर्षे योजना अन्तर्गत यो सर्वेक्षण कार्य सुरुभएको हो । जस मध्ये ४ वर्ष वितिसकेको छ । सन २०१७ डिसेम्बर २५ तारिख देखि टोली नम्बर २ सुरु गरेको कामको प्रतिवेदन २०१८ जनवरी २० सम्ममा बुझाउनेछ भने, मई २०१८ सम्ममा सम्पुर्ण सर्वेक्षण कार्य सकिनेछ । टोली नम्बर २ को नेपाल तर्फ १३ जना तथा भारतीय तर्फका १६ जना सर्वेक्षणमा खटिएका छन् ।
 


यसमा तपाईको मत