• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

प्रदेश प्रमुख र अस्थायी मुकाम आज पनि तोकिएन

प्रदेश प्रमुख र अस्थायी मुकाम आज पनि तोकिएन
पुस २८ गत्ते,काठमाडौं । 
सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।
तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।
संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर  प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नपाएको निर्वाचन आयोगका पदाधिकारीहरू बताउँछन् ।
 


यसमा तपाईको मत