• :
  • :
    • On Air
    • Up Next

समाचार

नेपाल आजदेखि चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा

नेपाल आजदेखि चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा
पुस २८ गत्ते,काठमाडौं । 
नेपाल, आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उदघाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उदघाटन गर्नुभएको छ । 
चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने वैद्यले जानकारी दिनुभयो । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हव को रुपमा स्थापना गर्न सकिने र  इन्टरनेट प्रयोगकर्ताले पनि सुलभ र गुणस्तरीय इन्टरनेटको प्रयोग गर्न पाउने उहाँले बताउनुभयो । २०७३ भदौमै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको टेलिकमले २०७३ मंसिरमा  आइपी सर्भिस आदान प्रदानका लागि सम्झौता गरेको थियो ।
 


यसमा तपाईको मत