• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द

धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द
पुस २९ गत्ते,जनकपुरधाम ।
चिसो छल्न आगो ताप्ने क्रममा बिहीबार राति जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 
घाइते हंशपुर नगरपालिका(८ की २३ वर्षीया सुजना महराको उपचार गर्दागर्दै जनकपुर अञ्चल अस्पतालमा शनिबार राति मृत्यु भएको नगरपालिकाका मेयर रामज्ञान मण्डलले जानकारी दिएका छन् । महराको मृत्युसँगै जाडोको कारण जिल्लामा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा ४ महिने बालकसहित ४ जनाको ज्यान गएको छ । मेयर मण्डलका अनुसार ३ जनाको कठ्यांग्रिएर मृत्यु भएको हो ।
यसैगरी बिहीबार नै घाइते भएकी कमला नपा(३ की ६० वर्षीया मनतोरिया साह उपचारमा छिन् ।
जिल्लामा चिसो बढेको बढ्यै छ । हुस्सु र चिसोका कारण जनकपुर विमानस्थल ५ दिनदेखि ठप्प रहेको प्रहरीले बताएको छ ।
 


यसमा तपाईको मत