• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

सप्तरीमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या २३ पुग्यो

सप्तरीमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या २३ पुग्यो
पुस २९ गत्ते,सप्तरी ।
अत्यधिक चिसोका कारण सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा चिसोबाट कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
पछिल्लो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ रामपुरा टोल बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साहको मृत्यु भएको छ ।
त्यस्तै जिल्लाकै सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षिय जडोली सदा, छिन्नमस्ता गाउँपालिका ७ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी र तिरुहत गाउँपालिका १ निवासी ६५ बर्षीया भटनि देवी यादवको मृत्यु भएको हो ।
विगत डेढ साता देखी बढेको अत्यधिक चिसो तथा शीतलहरका कारण सप्तरीको सप्तकोशी नगरपालिका–१ मा बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ । राति घरमा सुतिरहेका अवस्थामा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमवार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सातवर्षीय जीतेन्द्र कुमार सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै सप्तरीकै खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै अत्यधिक शीतलहरको कारण कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका ५५ वर्षिय बेचन शेख र वडा नम्वर ७ का ६१ वर्षिय उत्तम मरिकको मृत्यु भएका छन् ।
यसअघि शनिवार कञ्चनरुप नगरपालिका वडा नम्वर ४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, खडक नगरपालिका ८ मुसहर्नियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका ४ का ६० वर्षिय लखन ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका ७ का ३६ वर्षिय शिवु मण्डल, डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय झौली यादवको मृत्यु भएको छ ।
यसअघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजन ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण कठयाङ्गिएर मृत्यु भएको थियो।
 


यसमा तपाईको मत