• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

कैलालीः दुईवटा बस ठोक्किँदा १७ जना घाइते

कैलालीः दुईवटा बस ठोक्किँदा १७ जना घाइते
पुस २९ गत्ते,कैलाली । 
कैलालीमा दुईवटा बस ठोक्किँदा १७ जना घाइते भएका छन् । अत्तरियाबाट नारायणगढका लागि छुटेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५१३२ नम्बरको बस कैलालीको लम्कीचुहा नगरपालिका–६ बुलरामा ठोक्किएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा घाइते भएका १४ जनाको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । तीनजनालाई भने थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । 
 


यसमा तपाईको मत