• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

राष्ट्र बैंकका शाखा शनिबार पनि खुला हुने

राष्ट्र बैंकका शाखा शनिबार पनि खुला हुने
पुस २९ गत्ते,काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका शाखाहरु अबदेखि शनिबार पनि खुल्ने भएका छन् । राष्ट्र बैंकका अनुसार यो निर्णय आजबाटै कार्यान्वयन हुँदैछ । 
यसैगरि, महिनाको अन्तिम दिन पनि शाखाहरु खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । 
अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।
नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएको छ ।
 


यसमा तपाईको मत