• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ललितप्रसाद साह निर्वाचित, वरिष्ठ उपाध्यक्षमा जितेन्द्र, उपाध्यक्षमा सुरेन्द्र, महिला उपध्यक्षमा दीपिका, महासचिवमा जितेन्द्र महासेठ, सचिवमा विकास र कोषाध्यक्षमा अशोक

 जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ललितप्रसाद साह निर्वाचित, वरिष्ठ उपाध्यक्षमा जितेन्द्र, उपाध्यक्षमा सुरेन्द्र, महिला उपध्यक्षमा दीपिका, महासचिवमा जितेन्द्र महासेठ, सचिवमा विकास र कोषाध्यक्षमा अशोक

पुस ३० गत्ते,जनकपुरधाम ।

जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ललितप्रसाद साह निर्वाचित भएका छन । साहलाई १५३९ मत आएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी पवनकुमार ठाकुरलाई ४३५ मत आएको जानकारी निर्वाचन समितिका संयोजक मनिषरमण साहले दिएका छन ।
व्रिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह ११ सय ३३ मत ल्याई विजयी भएका छन । उहाँको निकटतम प्रतिद्वन्दी विजयकुमार साहको ८ सय ४६ मत आएको छ । उपाध्यक्षमा सुरेन्द्र भण्डारी ९ सय ७९ मत ल्याई विजयी भएका छन । भण्डारीका निकटतम प्रतिद्वन्दी विजय साहको ६ सय ३ मत आएको छ । उपाध्यक्षका अन्य पराजितउम्मेदवार सरोज मिश्रको २सय३०, सलामत राइनको १सय ५० मत आएको छ । महिला उपाध्यक्षमा दीपिका राय यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन ।

   
महासंघको महासचिवमा जितेन्द्र महासेठ ९सय ५३ मत ल्याई विजयी भएका छन । उहाँका निकटतम प्रतिद्वन्दी सुनिलकुमार प्रसादको ४ सय ८३ मत आएको छ । महसचिव पदमा पराजित भएका अन्य उम्मेदवार अरुण साह ३ सय २, कृष्णदेव साह २ सय ३६ मत ल्याएका छन ।
यसैगरी सचिव पदमा विकास साह ५ सय ९४ मत ल्याई विजयी भएका छन । साहका निकटतम प्रतिद्वन्दी कुलदेव पण्डितको ५ सय ७४ मत आएको छ । सो पदका पराजित अन्य उम्मेदवार गोपीकुमार साह ३सय १८, धर्मेन्द्र साह २ सय ४७, जितेन्द्र साह २ सय ४४ मत ल्याएका छन । कोषाध्यक्षमा अशोक चौधरी ९ सय ६४ मत ल्याई निर्वाचित भएका छन । उहाँका निकटतम प्रतिद्वन्दी विजय साहलाई ४ सय २९ मत आएको छ भने सो पदमा पराजित भएका अन्य उम्मेदवार दीपनारायण साहलाई ३ सय ३४ मत आएको छ ।



यसमा तपाईको मत