• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

वाम गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाए पद छोड्न तयार छु स् प्रम देउवा

वाम गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाए पद छोड्न तयार छु स् प्रम देउवा
पुस ३० गत्ते ,कैलाली ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको उद्घोष गर्नुभएको छ । 
कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताउनुभयो । 
उहाँले वाम गठबन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने र आफूलाई पद नछोडेको आरोप लगाउनु गलत भएको वताउनुभयो । आफूले प्रधामन्त्री बनिरहन्छु भनेर नभनेको उहाले  जिकिर गर्नुभयो । सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उहाँले बताउनुभयो । 
प्रधानमन्त्री देउवाले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको बैठकले राजधानी फेरबदल गर्ने बताउनुभयो । त्यसका लागि सबैभन्दा वढी समस्या प्रदेश नम्वर ७ मा भइरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने दावी गर्नुभयो । तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहनुभएका प्रधानमन्त्री देउवा आइतवार काठमाडौं फर्किनुभएको छ । 
शुक्रवार महेन्द्रनगर पुग्नुभएका देउवा शनिबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो । आइतबार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ मा रहेको धार्मिक स्थल गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गरेर देउवा काठमाडौं फर्किनुभएको हो । 
मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पनि गोदावरीसँग सम्वन्ध जोडिएकोले यसको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
 


यसमा तपाईको मत