• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण
५ माघ गत्ते ।
भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । 
उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् । 
अग्नी पाँचौँको परीक्षणसँगै भारतले रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताइएको छ । 
छोटो दुरीका क्षेप्यास्त्र ‘पृथ्वी’, ‘ धनुष’ बाहेक भारतले लामो दुरी प्रहार गर्नसक्ने ‘अग्नी–प्रथम’, ‘अग्नी –द्वित्तीय,’ र ‘अग्नी–तृत्तीय’ को सफल परीक्षण गरिसकेको छ । 
 


यसमा तपाईको मत