• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Mithilanchal dallan

समाचार

नेपाली जमिन भारतमा परेको छैनःस्थलगत अध्ययन

नेपाली जमिन भारतमा परेको छैनःस्थलगत अध्ययन
माघ ८ गत्ते,काठमाडौं ।
नापी विभागले सीमा स्तम्भ मर्मतका क्रममा विरगञ्जको छप्कैयामा नेपालको झण्डै ५० बिगाहा जमिन भारतमा परेको भन्ने सञ्चारमाध्यममा आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ ।
सीमा स्तम्भ मर्मतका क्रममा विवाद भएपछि विरगञ्जको छपकैया पुगेर स्थलगत अध्ययन गरेको विभागको छानबिन टोलीले विरगञ्जको सिर्सिया नदीले बहाब परिवर्तन गर्दा नेपालतर्फको केही भूमि भारतमा परेको र भारतको केही भूमि नेपालतिर परेको देखिए पनि सञ्चारमाध्यममा आएजस्तो ५० बिगाहा जमिन भारतमा परेको भन्नेसत्य नभएको बताएको हो ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नापी विभागका निर्देशक अनिल मरासिनीले प्राकृतिक नियमअनुसार नदीले बहाब परिवर्तन गर्दा सीमा स्तम्भ मर्मतका क्रममा विवाद भएपनि यसअघि नेपाल भारतबीच भएका सम्झौता अनुसार नै सीमा स्तम्भ सीमा निर्धारण र मर्मत गरिने जानकारी दिनुभयो ।
दुई देशबीच यसअघि नै भएको सहमति अनुसार छप्कैयाका बासिन्दाले भोग चलन गर्दै आएको जग्गा भोगचलन गर्न दिने, भोगचलनका विषयमा भारतसँग कुटनीतिक पहल गर्ने र सीमा निर्धारणका क्रममा भारततर्फ नेपाली भूमि परे स्थानीय बासिन्दालाई क्षतिपूर्ति दिनु नै परे सरकारले त्यसको व्यवस्था गर्ने पनि विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नापी विभागको टोलीले छप्कैयाको सीमा विवादका बारेमा आफ्नो टोलीले गरेको स्थलगत अध्ययनका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराएको छ ।
विभागले अन्तराष्ट्रिय सीमा विवाद अत्यन्तै संवेदनशिल हुने भन्दै अहिले नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीलेसीमा विवाद समाधानका लागिगरिरहेको सीमा स्तम्भ मर्मतको क्रममा कुनै अन्यौलता भए नापी विभागमा सम्पर्क गर्न पनि विज्ञप्तीमार्फत विभागको टोलीले आग्रह गरेको छ ।
 

 



यसमा तपाईको मत