• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

अष्ट्रेलियाका पुर्व कप्तान क्लार्क भन्छन्ःम भए सन्दिपलाई आईपिएलमा लिन्थें

अष्ट्रेलियाका पुर्व कप्तान क्लार्क भन्छन्ःम भए सन्दिपलाई आईपिएलमा लिन्थें
माघ ८ गत्ते,काठमाडौं ।
अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । 
ट्वीट गर्दै क्लार्कले आफू आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दिप लामिछानेलाई अनुबन्ध गर्नेपनि बताएका छन् । उनले आईपिएलमा छनोट हुन सन्दिपलाई शुभकामना दिदैं वण्डरफूल लिटिल च्याम्पियन भनेका छन् । 
केही समय अघि सन्दिपलाई क्लार्कको क्रिकेट एकेडेमीले अष्ट्रेलियामा बलिङ प्रशिक्षण र केही खेलमा अवसर दिएको थियो । त्यसयता क्लार्कले सन्दिपलाई सँधै हौसला दिंदै आएका छन् । 
नेपालका लेग स्पिनर सन्दिप आईपिएल क्रिकेटको बोलकबोल अर्थात अक्सनका लागि छनोट भएपछि उनको चर्चा बढेको छ ।
 


यसमा तपाईको मत