• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सरकारी कामकाजी भाषा मैथिली हुनुपर्ने माँग गर्दै संस्थाहरुले बुझाए ज्ञापन पत्र

सरकारी कामकाजी भाषा मैथिली हुनुपर्ने माँग गर्दै संस्थाहरुले बुझाए ज्ञापन पत्र

मिथिलाञ्चल समाचारदाता माघ ९ गत्ते,जनकपुरधाम ।

जनकपुर उपमहानगरपालिका भित्र सरकारी कामकाजीको भाषा मैथिली हुनुपर्ने माँग गर्दै स्थानिय ५७ वटा संस्थाले जनकपुर उप महानगर पालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेपालमै दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेपनि जनकपुरमै सरकारी कामकाजी भाषा नबन्नु दुखद रहेको भन्दै विभिन्न संस्थाका पदाधिकारीहरुले आज जनकपुर उपमहानगर पालिकामा ज्ञापन पत्र बुझाएको हो । जउनपाका मेयर लाल किशोर साहको अनुपस्थितिमा निमित्त प्रमुख उप मेयर रीता झा ज्ञापन पत्र बुझ्दै यस ज्ञापन पत्रलाई बोर्डको बैठकमा पेश गर्ने जवाब दिदैं उपमेयर झा, “ मैथिली भाषा नै सरकारी कामकाजी भाषा बनोस आफ्नो पनि चाहना रहेको भन्दै बोर्डको बैठकमा प्रस्ताव पेश गर्ने बताइन् । जनकपुरका युवा अगुवा शुशील कर्णले ज्ञापन पत्र पढेर सुनाएका थिए । ज्ञापन पत्र बुझाउनं मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेस्वर कापडि़, मिथिला नाट्य कला परिषदका अध्यक्ष प्रमेश झा, विद्यापति पुरस्कार कोषका अध्यक्ष प्राध्यापक विजय दत्त, उप प्राध्याक रुद्र कुमार झा, मैथिली अभियानी तथा पूर्व वार्ड अध्यक्ष अबधेश पोखरेल, परिवर्तनका लागि युवा अभियानका शुशील कर्ण, मानवधिकार संरक्षण मंचका प्रदीप दत्त, एन. एम.यस.आर.ए का केंद्रीय सचिब राजीव रंजन, मैथिली अभियानी नागेन्द्र साह, बिरेन्द्र कर्ण, सुमित कर्ण, लगायत दर्जनौं अगुवाहरुको उपस्थिति रहेको थियो ।



यसमा तपाईको मत