• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

महोतरीमा ट्रैक्टर दुर्घटना ३ को मृत्यु १५ घाइते

महोतरीमा ट्रैक्टर दुर्घटना ३ को मृत्यु १५ घाइते
मिथिलाञ्चल समाचारदाता 
माघ ९ गत्ते,महोत्तरी ।
महोतरीको रामगोपालपुरमा ट्रैक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।  १५ जना घाइते भएका छन् ।
रामगोपालपुर नगरपालीका वडा नम्बर ८ मा गएराति ट्रैकटर दूर्घटना भएको हो । नगुंरखोलाबाट टिकुलिया फर्किदैं गरेको ज १ त ३५१६ नम्बरको ट्रयाक्टर बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको छ । ट्रयाक्टरमा २५ जना सवार रहेकोमा २ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्य भएका हो । १५जना घाइते भएका छन भने अरु कुदेर ज्यान बचाउँन सफल भएका छन । मृत्यू हुनेमा रामगोपालपुर नगरपालीका ७ का चन्दर साहको छोरा ३५वर्षको सतेन्द्र साह, हरी मण्डलको १८ वर्षको छोरा रामबाबु मण्डल र बेचन मण्डलको श्रीमती ५५ वर्षको सावीत्री मण्डलको मृत्यू भएका छन । गाडीमा सवार बीरेन्द्र यादव, नैन देबी,सिया देवी,बबीता देवी कुर्मी, बेचन मण्डल,सिकानती देवी, मान्ती देवी, राजोदेवी मण्डल,कविता देवी लगायत घाइते भएका छन । घाइतेहरुको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको रामगोपालपुर प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत