• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Mithilanchal dallan

समाचार

अफगानिस्तानमा ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा बन्दुकधारीको आक्रमण

अफगानिस्तानमा ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा बन्दुकधारीको आक्रमण
माघ १० गत्ते ।
अफगानिस्तानमा रहेको अन्तर्रा्ष्ट्रिय सहायतासम्बन्धी संस्था ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा भएको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्।
त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीले बताएको छ ।बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए।
अफगानिस्तान
स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन्। हमलाकारी को हुन् भन्ने खुलेको छैन।  जलालावादलाई धेरैजसो तालेबान लडाकुहरूले निसानामा पार्ने गरेका छन् ।
काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरेर हमला गरेको केही दिनमै यो अर्को हमला भएको हो। उक्त हमलामा परी कम्तीमा २२ जनाको ज्यान गएको थियो। बुधबार स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर एकजना आत्मघाती बम हमलाकारीले ‘सेभ द चिल्ड्रेन’को हातामा कार बम विस्फोट गराएको प्रान्तीय सरकारका प्रवक्ताले जनाएका छन्। हमलाकारी र सुरक्षा फौजबीचको भीडन्त अझै जारी रहेको बीबीसीले जनाएको छ  । 
 


यसमा तपाईको मत