• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

सन्दीप आइपिएलमा आवद्ध हुनुमा अष्ट्रेलियाका पोन्टिङ र क्लार्कको हात

सन्दीप आइपिएलमा आवद्ध हुनुमा अष्ट्रेलियाका पोन्टिङ र क्लार्कको हात
माघ १६ गत्ते,काठमाडौं ।
अष्ट्रेलियन क्रिकेटको आधिकारीक निकाय क्रिकेट अष्ट्रेलियाले सन्दीप लामिछाने आइपिएलमा आवद्ध हुनका लागि अष्ट्रेलियाका पूर्व कप्तानद्वय रिकी पोन्टिङ र माइकल क्लार्कको सहयोग रहेको बताएको छ ।
 
१७ वर्षीय सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ रहेका छन ।
 
सन्दीप र अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कबीचको सम्बन्धका बारेमा अष्ट्रेलियन क्रिकेटरलाई राम्रोसँग जानकारी छ । क्लार्कसँगको सम्बन्धका कारण सन्दीपलाई पोन्टिङले आफ्नो टिममा आवद्ध गरेको पनि क्रिकेट अष्ट्रेलियाले दाबी गरेको छ ।
 


यसमा तपाईको मत