• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सहिदकप क्रिकेटको लागि तैयारी द्रुत गतिमा, पहिलोदिन माघ २७ गते उद्घाटन हुने

सहिदकप क्रिकेटको लागि तैयारी द्रुत गतिमा, पहिलोदिन माघ २७ गते उद्घाटन हुने
घनश्याम मिश्र
माघ २३गत्ते,जनकपुरधाम।
सहीदहरुको समझनामा दोश्रो सहीद कप टी २० क्रिकेट प्रतियोगिता यहि आउदो माघ २७ गते देखी सुरु हुने भएको हो ।
 
आयोजक ले क्रिकेट प्रतियोगिता को लागि अहिले सम्म नेपाल र भारत गरि ८ ओटा टीमलाई प्रतियोगिताको लागि आधिकारिक पत्र पठाई सकेको प्रतियोगिता आयोजक समितिका संयोजक रूपेश सिंह मुन्ना ले जानकारी दिए ।
 
अनुमानीत १५ देखी २० लाख ख़र्चीएर हुने सहिदकप क्रिकेट प्रतियोगिता मा खेल को लागि जनकपुर आयोजक टीम , महोत्तरी क्रिकेट टीम,
मोरंग को बिराटनगर, पर्सा बीरगंजको यूनाइटेड क्लव, होरिजन क्लव भैरहवा र भारत बिहारका रिक्की ११ मधुबनी र दरभंगा क्रिकेट टीम साथै ओसिस क्रिकेट अकादमी काठमाण्डूले खेलको लागि आधिकारिकता प्रदान गरिसकेको हुनाले जनकपुर आउने पक्का पकी भएको आयोजक ले बताए ।
प्रतियोगीता को लागि आयोजक राजपाको युवा संघ जनकपुरले अहिले क्रिकेट खेल्ने मैदान रंगभूमि को बारहबीघा लाई बनाउने कार्यमा व्यस्त देखिन्छन ।संयोजक रूपेश कुमार सिंहका अनुसार पिच को ८० पत्तिशत कार्य सम्पन्न भएको र खेलाड़ीहरू को लागि आवास र भोजनको समुचित व्यवस्था मिलाई सकेको बताए ।
 


यसमा तपाईको मत