• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

यस वर्षको प्रणय दिवसमा भारतबाट एक करोड रुपैयाँको गुलाब आउने

यस वर्षको प्रणय दिवसमा भारतबाट एक करोड रुपैयाँको गुलाब आउने
मघ २५ गत्ते,काठमाडौं ।
नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ । प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ । माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ ।
गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात  गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो  । गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ । पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने उहाँले बताउनुभयो ।
 


यसमा तपाईको मत