• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

सलमान खानको ट्वीटः‘नेपाल अब तपाईंको पालो, स्वागले स्वागत गर्ने होइन हाम्रो’ ?

सलमान खानको ट्वीटः‘नेपाल अब तपाईंको पालो, स्वागले स्वागत गर्ने होइन हाम्रो’ ?
माघ २५गत्ते ।
बलिउडका दबंग सलमान खान ‘दबंग टुर’ अन्तरगत नेपाल आउँदैछन । सोही कुरालाई उनले ट्वीटरमार्फत भनेका छन् । सलमानले बुधबार ट्वीटरबाट ‘नेपाल अब आपकी बारि स्वाग से स्वागत नहि करोगे हमारा’ अथार्त नेपाल अब तपाईंको पालो स्वागले स्वागत गर्ने होईन हाम्रो भनेका छन् । सलमानले उनको फिल्म ‘दबंग’ को डायलग ‘स्वागत नहि करोगे हमारा’को शैलीमा ट्वीट गरेका हुन् । 
ओडीसी इन्टरटेनमेन्ट, जेइ इभेन्ट तथा सलमानखान प्रोडक्सनको सहकार्यमा मार्च १० अर्थात फागुन २६ गते काठमाडौंको टुंडीखेलमा ‘दबंग टुर’ कार्यक्रम आयोजना हुन लागेको छ ।
जहाँ सलमान खानसँगै दबंगकी अभिनेत्री सोनाक्षि सिन्हा, कृति सेनन, डेजी शाह, कोरियोग्राफर प्रभू देवा, मनिस पौल, मिट ब्रोजले काठमाडौंको टुँडीखेलमा दर्शकहरुलाई मनोरञ्जन गराउने छन् । 
सलमान खानको भारतमा मात्रै होईन नेपालमा पनि त्यतिकै फ्यान फलोईङ रहेको छ ।  उनी नेपाल आउने कुराले सलमानका फ्यान  निकै उत्साहित भएका छन् ।
 


यसमा तपाईको मत