• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

समानुपातिक सूची बुझाउने बित्तिकै प्रधानमन्त्रीको राजिनामाः रक्षामन्त्री प्रधान

समानुपातिक सूची बुझाउने बित्तिकै प्रधानमन्त्रीको राजिनामाः रक्षामन्त्री प्रधान
माघ २६ गत्ते,नवलपरासी । 
नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री भीमसेनदास प्रधानले वाम गठबन्धले बहुमत हासिल गरेकाले नेपाली कांगे्रस अब शसक्त प्रतिपक्षको रुपमा बस्ने बताउनुभएको छ ।
प्रेस युनियन नवलपरासीले शुक्रबार बिहान कावसोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थायी सरकारले मुलुकमा शुसासन कायम गर्ने बताउदै उहाँले वाम गठबन्धलाई सरकार गठनको शुभकामना दिँदै प्रजातन्त्रलाई मजबुत बनाउन पनि सरकारलाई सहयोग गर्ने बताउनुभयो ।
निर्वाचन आयोगले समातुपातिकको सूचि बुझाए लगतै प्रधानमन्त्रीले राजिनामा दिने उहाँले बताउनुभयो । निर्वाचन आयोगले फागुन २ गते समानुपातिकको सूची बुझाउने र त्यसलगतै प्रधानमन्त्रीले राजिनामा दिने उहाँले जानकारी दिनुभयो । 
 


यसमा तपाईको मत