• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए
माघ २७ गत्ते, काठमाडौं । 
शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।
घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूको अहिले खोजी कार्य भइरहेको छ ।
‘दुर्घटनामा बेपत्ता सचिव रामानन्द यादवको शव भेटिएको छ,’ सई लामाले अनलाइनखबरसँग भने, ‘हराएका २ जनाको अवस्था पत्ता लागेको छैन । अहिले हामी वेपत्ताको खोजीमा लागिरहेका छौं ।’
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
दुर्घटनामा सचिव यादवसहित उनका  २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।
दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।
सचिव यादव कपिलवस्तुस्थित घरबाट काठमाडौं आउँदै थिए । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धादिङ जिल्लाको सलाङघाट स्थित त्रिशुली नदीमा जिप खस्दा  बेपत्ता भएकाको उद्धार गर्न खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चापागाई त्रिशूलीमा डुबेर गम्भीर बनेका छन्। उनी चितवनस्थित कुरिनटारमा रहेको  ससस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीका हवल्दार हुन्।  सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव निकालेपछि अरू बेपत्ता भएका २ जनालाई खोज्ने क्रममा उनी डुवेको धादिङ प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
 


यसमा तपाईको मत