• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

अर्जुनले पाउने भए नेपाली नागरिक सरहको अधिकार,सर्वोच्च अदालतले जारी गर्यो अन्तरिम आदेश

अर्जुनले पाउने भए नेपाली नागरिक सरहको अधिकार,सर्वोच्च अदालतले जारी गर्यो अन्तरिम आदेश
रंजन भण्डारी
माघ २७ गत्ते,महोत्तरी ।
“नेपाल मै जन्मे,नेपालमै हुर्के,नेपालकै विद्यालय र कलेज पढे र नेपालकै अन्न खाएर नेपालकै राष्ट्रियताको लागि जिवन भर मरिमेटि रहे । कुनै पराई मुलुकको व्यक्तिले आफुलाई नेपाली भन्दा गर्भ लाग्छ र शान ले भन्छु हो म नेपाली हु,तर त्यही नेपाली भएको परिचय पत्र वोक्न १० वर्ष देखि संघर्ष गर्दै थिए । आज बल्ल सरकारवाट आफुलाई नेपाली सरहको अधिकार पाउने भएछु ।” सर्वोच्च अदालतले अर्जुन साहलाई नेपाली नागरिक सरहको अधिकार दिनु भनि विपक्षी जिल्ला प्रसासन कार्यालयलाई  दिएको अन्तरिम आदेश पछि अर्जुनले दिएको प्रतिकृया हो यो । 
आमाको वंशजको नागरिकता र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका साथै जन्मदर्ता तथा मतदाता परिचय पत्र बोकेर संघर्ष गरिरहदा मटिहानी नगरपालिका वडा नं. ८ निवासी  २७ वर्षिय अर्जुन साहको हौसला पस्त थिएन । विगत १० वर्ष देखिको उनको आन्दोलन र आमाको नामबाट नागरिकता पाएरै छाड्ने हठ पनि ढुंगा झै सख्त थियो । तर दुई दिन अघिमात्र अर्जुनले निराश हुदै फेसवुकमा पोष्ट गरेका थिए “छोरीको विद्यालयमा नामांकन गराउन विद्यालय पुग्दा वावुको नागरिकता चाहियो भन्छन नागरिकता विना हामी तपाईको वच्चालाई विद्यालयमा पढाउन नसक्ने भन्दा म निराश भए र फर्के । अव मेरी छोरी पढ्न नपाउने हुन त ? ”  
उनको यसै पोष्टले अधिवक्ता दिपेन्द्र झा तत्कालै उनको पक्षमा वकालतनामा पेश गरे र अर्जुनलाई अन्तरिम आदेश मार्फत अधिकार दिलाउन सफल भए । 
वि.सं. २०६९ फागुन ७ गते सर्वोच्चमा जिल्ला प्रसासन कार्यालय महोत्तरी,गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय माथी समेत मुद्दा हाले । विचाराधिन राखिएको मुद्दा जगाउन आफ्ना अधिवक्ता दिपेन्द्र झा मार्फत पुन मुद्दा हाले र तत्कालै अधिवक्ता दिपेन्द्र झा ले वहस गरे । न्यायाधिश शारदा प्रसाद घिमिरेको एकल ईजलासले अर्जुनको पक्षमा अन्तरिम आदेश जारी गर्दै निवेदकलाई नागरिकता नहुदा अपुरणिय क्षति भएको भन्दै प्रस्तुत निवेदनको अन्तिम टुंगो नलाग्दासम्म नेपाली नागरिकले पाउने सेवा सुविधाबाट बन्चित नगराउन भनि अन्तरिम आदेश दिए । 
 


यसमा तपाईको मत