• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

सहिदकप टी २० क्रिकेट प्रतियोगिताः पहिलोदिन विराट नगरले जनकपुरलाई २१ रनले गर्यो पराजित

सहिदकप टी २० क्रिकेट प्रतियोगिताः पहिलोदिन विराट नगरले जनकपुरलाई २१ रनले गर्यो पराजित
घनश्याम कुमार मिश्र
माघ २७ गत्ते,जनकपुरधाम ।
सहिदकप टी २० क्रिकेट प्रतियोगिताको पहिलो(उद्घाटन) खेलमा विराटनगरले जीत हाथ पारेको छ ।
श्निबार भएको पहिलो खेलमा जनकपुरले टस जितेर फील्डिंग रोजेको थियो । निर्धारित २० ओवरको खेल खेल्दै  सात विकेटको क्षतिमा विराट नगरले १२३ रन बनाएको थियो ।
विराटनगरका दीपेन्द्र चौधरीले ४५ बलमा सर्वाधिक ५० रन बनाएर म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै विराट क्रिकेट सोसाइटी का सुनील धमला १७ र मिनास थापा १६ रन बनाएका थिए ।
जनकपुरका तर्फबाट राम नरेश गिरी सर्वाधिक २ ,संयोग कर्ण , दिव्यांशु मल्लिक, हरिशंकर साह र सम्साद सेषले  १—१ विकेट लिएका थिए ।
जनकपुरले बलिंग गर्दै २० ओवरमा १६ रन अतिरिक्त दिएका थिए त्यस्तै १२४ रनको लक्ष्य लिएर मैदानमा ओर्लेका घरेलू टीम जनकपुरले निर्धारित २० ओवरमा ९ विकेट गुमाउँदै १०२ रन मैं चित बुझाउनु पर्यो ।
जनकपुरका ब्याट्सम्यान सम्साद सेष ३७ बलमा सर्वाधिक ४८ रन बनाएका थिए त्यस्तै हरिशंकर साह १२ , नरेश गिरी ११ र अंसारुल राइन ८ रन बनाएका थिए ।
जनकपुरका चर्चित खेलाडी अनील मंडल ० रन मैं क्लीन बोल्ड भएपछि टीम तनावमा आएको थियो ।
विराटनगरको तर्फबाट पुष्प थापा सर्वाधिक ४ विकेट, सद्दाव अख्तर २, सुनील धमला र फिरोस अंसारी १—१ विकेट लिन सफल भएका थिए ।
 


यसमा तपाईको मत