• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न वाम गठबन्धनले प्रदेश प्रमुखलाई बुझायो हस्ताक्षर

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न वाम गठबन्धनले प्रदेश प्रमुखलाई बुझायो हस्ताक्षर
माघ २८गत्ते,बुटवल ।
नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षरसहितको प्रस्ताव प्रदेश नम्बर ५ को प्रदेशप्रमुखको कार्यालयमा दर्ता भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहितको प्रस्ताव प्रदेश प्रमुख उमाकान्त झालाई बुझाइएको हो ।
एमाले(माओवादी कार्यदलको भागबण्डाअनुसार प्रदेश नम्बर ५ को मुख्यमन्त्री एमालेको भागमा परेको थियो । पोखरेल सर्वसम्मतरूपमा पार्टी संसदीय दलको नेता चुनिएका थिए ।
अब प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ ।
 


यसमा तपाईको मत