• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

५ केजी गाँजा सहित धनुषामा एक गिरफ्तार

५ केजी गाँजा सहित धनुषामा एक गिरफ्तार
माघ २९ गत्ते,जनकपुरधाम ।
धनुषा प्रहरीले ५ किलो गाँजा सहित एक जनालाई रंगेहात गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा जनकपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने ६० वर्षिय सहोदर यादव रहेको जनाइएको छ ।
गत माघ २६ गते शुक्रवार दिउँसो ३ बजेतिर क्राईच ब्रान्चका प्रमुख किस्मत भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले यादवको भैरवचोक नजिक रहेको कठघरामा लुकिछिपी अवैद्य रुपमा लागु औषध गाँजा विक्रि वितरण गर्दै आएको गोप्य सुचनाको आधारमा निजको डेरा आनन्दनगरमा खान तलासी गर्दा अन्दाजी ५ किलो गाँजा बरामद भएको जनाइएको छ ।
गत माघ २६ गते दिउँसो नै गाँजा कारोवारमा सँगलग्न रहेको भन्दै पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गरी जिल्ला अदालत धनुषामा चढाइएको क्राइम ब्रान्च प्रमुख भण्डारीले जनाए ।
साभारःमधेशपाटी डट कम
 


यसमा तपाईको मत