• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा मार्क्सको २०० औँ जन्म दिवस मनाउने

जनकपुरमा मार्क्सको २०० औँ जन्म दिवस मनाउने
माघ २९ गत्ते,जनकपुरधाम ।
यो वर्ष महान् दार्श्निक, विचारक तथा सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मार्क्सवादका प्रणेता कार्ल मार्क्सको जन्म भएको २०० वर्ष पुगेछ । सन् १८१८ मार्च ५ मा उहाँको जन्म भएको थियो । विश्व सर्वहारा वर्गको मुक्तिको दस्ताबेज ‘कम्युनिस्ट मेनिफेस्टो’ सन् १८४८ मा प्रकाशित भएको थियो ।
मार्क्सको सम्झनामा विश्वभरिका मार्क्सवादीहरूले विशेष कार्यक्रमका साथ मार्क्सको २०० औँ जन्म दिवस मनाउने निर्णय गरेका छन् । नेपालमा पनि यसलाई विशेष कार्यक्रमका साथ मनाउने निर्णय भएअनुसार मार्क्सवादी लेखक तथा चिन्तक रोशन जनकपुरीको संयोजकत्वमा गठित ‘महान अक्टोबर क्रान्ति शतवार्षिकी आयोजक संयोजन समिति’ को आयोजनामा ‘समाजवाद र यसको सान्दर्भिकता’ विषयक विचार गोष्ठी हुने भएको छ ।
सो आयोजक समितिको माघ २० गते जनकपुरमा बसेको बैठकको निर्णय अनुसार यही फागुन ३० गते ९ मार्च १४० का दिन जनकपुरमा सो विचार गोष्ठीको आयोजना गरिनेछ । सो विचार गोष्ठीमा मार्क्सवादका क्षेत्रमा क्रियाशील जनकपुरका साथै काठमाडौँबाट मार्क्सवादी चिन्तक डा। ऋषिराज बराल र भारतबाट भारतीय कम्युनिस्ट पार्टी ९माले० का धीरेन्द्र झा लगायतका बुद्धिजीवीहरू पनि सहभागिता जनाउने आयोजक समितिले जनाएको छ ।
साभारःमधेशपाटी डट कम
 


यसमा तपाईको मत