• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Mithilanchal dallan

समाचार

राजधानी विवादमा भावी मुख्यमन्त्री राउतले भने— संवैधानिक प्रावधान अनुसार अघि बढ्छौं

राजधानी विवादमा भावी मुख्यमन्त्री राउतले भने— संवैधानिक प्रावधान अनुसार अघि बढ्छौं
माघ २९गत्ते, जनकपुरधाम । 
प्रदेश २ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका फोरम संसदीय दलका नेता लालबाबु राउतले संवैधानिक प्रावधान अनुसार राजधानी विवाद टुंगो लगाइने बताएका छन् ।
राउतकै गृहजिल्ला वीरगञ्जमा राजधानीको माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको छ ।
प्रदेशसभा स्थल जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले आफ्नो नेतृत्वमा बन्ने मधेस सरकारको प्राथमिकता सुशासन र विकास हुने बताए । उनले भने, ‘एक्लै केही गर्न सकिँदैन । सबै मिलेर अघि बढ्नुपर्छ, सबैको सहयोग चाहिन्छ ।’
प्रदेश राजधानी विवादबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यसको संवैधानिक प्रावधान छ, त्यस अनुसार नै अघि बढ्छौं ।’
प्रदेशसभाले दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोक्नु पर्ने संवैधानिक व्यवस्था छ । सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेपछि वीरगञ्ज आन्दोलित छ ।
 


यसमा तपाईको मत