• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

महोत्तरीमा निकालियो कलश यात्रा

महोत्तरीमा निकालियो कलश यात्रा
रंजन भण्डारी
माघ २९ गत्ते,महोत्तरी ।
महोत्तरीमा शिवरात्रीको अवशरमा कलश यात्रा निकालिएको छ । नेपाली सेनाको व्याण्ड,प्रसासन र सुरक्षा निकायको प्रमुख तथा टोली,स्थानिय नागरिक समाज,सामुदायिक प्रहरी,युवा र विद्यालयहरु र नेपाल सेवा दल (एनसिसि) समेतको सहभागितामा कलश यात्राले नगर परिक्रमा गरेको थियो । 
 
जिल्ला सदरमुकाम जलेश्वर स्थित जलेश्वरनाथ महादेश मन्दिरमा वर्षेनी शिवरात्रीको अवसरमा ३ लाख भन्दा वढी दर्शनार्थीले जलगुफामा विराजमान शिवलिंगको दर्शन गर्ने गरेको र सो विश्वमै एकमात्र भएकोले समेत शिवरात्रीको अवसरमा जलेश्वरनाथको महत्व अत्यधिक रहेको छ ।
भोली मंगलवार हुने शिवरात्रीको लागि पुजा व्यवस्थापन समितिको आयोजनामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठ समेत कलश यात्रामा सरिक भएका थिए । मंगलवार विहान १ बजे प्रजिअले जलगुफामा शिवलिंगको दर्शन र पुजा अर्चना गरेपछि सर्वसाधारणको दर्शनको क्रम सुरु हुने छ । यता आजै साझ विशेष शिव आरती र भोली साझ समेत शिवआरती हुने पुजा व्यवस्थापन समिति संयोजक देवेन्द्र साहले जनाएका छन ।
 
यस्तो छ मन्दिरको महत्वः
 
शिवलिंग जलगुफा भित्र विराजमान भएकोले शिवलिंगको दर्शन गर्न नेपाली सेना र शसस्त्र प्रहरीले वाल्टीले गुफाको जल निकाली दर्शनार्थीलाई शिवलिंगको दर्शन गराउने गरेको छ । जलगुफा भित्र पानी फ्याक्ने कुनै पनि उपकरणको प्रयोग वर्जित रहेको र विगतमा उपकरणहरु प्रयोग गर्नेहरु समेत असफल भएकोले जलगुफाबाट वाल्टी ले नै पानी निकालिने गरिएको छ । विगतमा स्थानिय युवाहरु समेत गुफाबाट जल निकाल्ने गरेपनि अचेल स्थानियको सहभागिता न्युन हुन थालेको छ ।
 


यसमा तपाईको मत