• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश नम्बर २ मा मर्यादापालकको पोशाक सफारी सुट र सारी

प्रदेश नम्बर २ मा मर्यादापालकको पोशाक सफारी सुट र सारी
माघ २९गत्ते, धनुषा ।
प्रदेश नम्बर २ का मर्यादा पालकको पोशाक तय गरिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुरुष मार्यादापालकको लागि सफारी सुट र महिला मर्यादापालकको लागि सारी चोलो पोशाक तय गरेको हो ।
मर्यादापालक पुरुषको लागि क्रिम कलरको सफारीसुट र महिलाका लागि सोही कलरको साडी र ब्लाउज तय भएको संसद सचिवालयका सहसचिव वंशीराज पौडेलले जानकारी दिनुभयो  ।
मर्यादापालकले कस्तो पोशाक लगाउने टुंगो नहुँदा प्रदेश नम्बर २ को पहिलो बैठकमा मर्यादापालकले आ आफ्नै किसिमका पोशाक लगाएका थिए । आइतबार बसेको बैठकमा भने पुरुष मर्यादापालक दौरा सुरुवाल र महिला मर्यादापलक सारी ब्लाउजमाथि कोट लगाएर उपस्थित भएका थिए ।
आइतबार बसेको प्रदेश नम्बर २ को बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने र प्रदेश सांसदको चैत ६ गते भित्र सम्पत्ति बिवरण बुझाउने निर्णय भएको संसद सचिवालयले जानकारी दिएको छ ।
साभारःटुडेपाटी डट कम


यसमा तपाईको मत