• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

हजराका पतिलाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन

हजराका पतिलाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन
माघ २९गत्ते,धनुषा ।
छिमेकीहरुले खातुनका पतिलाई रिहाइ गर्न माग गर्दै आइताबार जिल्ला प्रहरी कार्यालय धनुषा आगाडि प्रदर्शन गरेका छन् ।
गएको शनिबार बिहान ९ बजे हजरालाई मट्टीतेल खन्याएर आगो लगाएको भन्दै प्रहरीले खातुनका पति रसिद राइनलाई पक्राउ गरेको थियो । घरमा कोही नभएको बेला हजारले आफैले जीउमा मट्टीतेल छर्केर आगो लगाएको भन्दै छिमेकीले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । पति रसिद राइनसहित घरपरिवारलाई फसाउन हजराले आफैले आगो लगाएको छिमेकहरुको दावी छ ।
घटना लगत्तै पक्राउ परेका हजराका श्रीमान रसिद निर्दोष रहेको भन्दै उनलाई तत्कालै रिहाइ गर्न माग गर्दै रहिनका आफन्तसहित छिमेकीले आइतबार जिल्ला प्रहरी कार्यालय धनुषा आगाडि प्रदर्शन गरेका थिए ।
हजराको पतिसहित घरपरिवारलाई बचाउन गर्न जिल्ला प्रहरी कार्यालय धनुषा आगाडि प्रदर्शनमा सहभागी हुनुभएकी छिमेक रमादेवी दासले हजराका पति रसिद मजदुरी गर्न र सासु–ससुरा तरकारी बेच्न बजार गएको बेला घटना भएको दावी गर्नुभयो ।
‘घरमा कोही नभएको बेला हजरा आफैले जीउमा मट्टीतेल खन्याएर आगो लगाइन् र आफ्ना पतिसहित सासुससुरलाई फसाउन खोज्दैछिन्’, छिमेक रामादेवीले भन्नुभयो, ‘हजराको घरपरिवारमा पहिलादेखि झै–झगडासमेत हुने गरेको थिएन ।’
 टाउको बाहेक पूरै शरीर जलेर गम्भीर घाइते भएकी हजाराको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । हजराले आफूलाई पति रसिदसहित घरपरिवार मिलेर हत्या गर्न जीउमा मट्टीतेल छर्केर आगो लगाएको बताउनु भएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गर्न हजराका पति रसिदलाई मात्रै पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले घाइते हजराले दिएको बयान अनुसार रसिदलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको  बताउनुभएको छ ।
 


यसमा तपाईको मत