• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

नक्कली रुपैयाँसहित सिरहामा २ युवक पक्राउ

नक्कली रुपैयाँसहित सिरहामा २ युवक पक्राउ
माघ २९ गत्ते, लहान । 
नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो ।
नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 


यसमा तपाईको मत