• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

उँखुबारीमा फेला परेकी २ महिने बालिका जनकपुरको अनाथ बाल आश्रममा

उँखुबारीमा फेला परेकी २ महिने बालिका जनकपुरको अनाथ बाल आश्रममा
माघ २९ गत्ते,जनकपुरधाम ।
जनकपुर स्थिति कविर अनाथ बाल आश्रममा पुनः एक दुई महिने नाबालिका थपिएको छ । महोत्तरीको औहरी नगरापालिका १ स्थित उँखुबारीमा भेटिएकी २ महिनो बालिकालाई महिलता तथा बालबालिका कल्याण समिति कार्यालय महोत्तरीले शुक्रबार आश्रमको जिम्मा लगाएको हो ।
आश्रममा पालनपोषणको लागि बच्चालाई जिम्मा दिएको आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताउनुभयो । गत २० गते महोत्तरीको औहरी नगरापालिका १ स्थित उँखुबारीमा कसैले फालिदिएको अवस्थामा फेला परेकी २ महिने नाबालिकालाई प्रहरीले उद्धार गरी स्थानीय युसु लहेरीलाई तत्कालका लागि जिम्मा लगाएको थियो । ती बालिका फाल्ने अविभावकको खोजतलास गर्दासमेत फेला नपरेपछि बालिकालाई पालनपोषणको लागि सहयोग गरिदिन आग्रह सहित आश्रमलाई जिम्मा दिएको हो ।
यससंगै अनाथ आश्रम जनकपुरमा ९ छोरी र दुई छोरासहित बालबालिको संख्या ११ पुगेको छ । यस अघिका १० जना बालबालिका पनि शिशु अवस्थामै विभिन्न ठाउँमा वेवारिसे फालिएको बेला उद्धार गरि आश्रमका सञ्चालक सत्यनारायण आलोकले पालनपोषण गर्दै आउनु भएको छ ।
आश्रमका ६ बालबालिका विद्यालय समेत जान थालेका छन् । आश्रम दाताहरुको सहयोगमा चल्दै आएपनि सरकारी स्तरबाट खासै सहयोग भएको छैन ।
साभारःटुडेपाटी डट कम
 


यसमा तपाईको मत