• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
फागुन १ गत्ते , काठमाडौं ।
शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।
उनका अनुसार पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । त्यसमा मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी समेत छन् ।
 


यसमा तपाईको मत