• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मुर्गा को कालाबाजारी मा ब्यस्त डा‘क्टर देखी ब्यापारी नेता सम्म

मुर्गा को कालाबाजारी मा ब्यस्त डा‘क्टर देखी ब्यापारी नेता सम्म
 
फागुन १ गत्ते धनुषा । अबैध मुर्गा ब्यापार मा संलग्नहरू अहिले जनकपुरमा आफ्नो कारोबार फस्टाउन ब्यस्त छन ।
नियम कानून बिपरीत नेपाल सरकारको नियम विपरीत केहि स्थानीय नेता र प्रशाशन को सहयोग मा अबैध मुर्गा ब्यापरिहरु जनकपुरलाई ट्रांजिट पा‘इन्ट को रूप मैं प्रयोग गरेको जनकपुर कुखुरा किसान संघ का पदाधिकारिहरु बताउछन ।
किसान र पशु क्वारनटायन कार्यालय, जनकपुरको संयुक्त टोलीले हिजो मात्र जनकपुरमा भारतको बाटो हँुदै भित्रयाई ल्याएको मुर्गा र गाड़ी समातेको हो । 
पीडारी चौक मा मुर्गा झार्दै गर्दा क्वारणटाइन र किसान संघ जनकपुर ले छापा मरेको थियो ।
गाडी र चालक भागेको तर जनकपुरको धरम्बान टोलमा समाते पछि उक्त मुर्गा कहाँ बाट ल्याएको र कसरी ल्याएको बारे अनुगमन थालियों ।
उक्त कार्यमा प्रयोग भएको ना३च ९५७ नंबर को बोलेरो पिकप स्थानीय जनकपुरका एक व्यापारी नेता ट्रेड यूनियन संघका सदश्य फूलगेंन साह को रहेको क्वारनटाइन कार्यालय जनकपुरका प्रमुख राम गोपाल कायस्थ ले जानकारी दिए ।
किसान संघका पदाधिकारीका अनुसार फुलगेन साह आफै आफ्नो पद को दुरुपयोग गरि किसान लाई धाक धमकी समेत दिएर अबैध कारोबार लाई मल जल दिएको आरोप लगाएका छन ।
अबैध काममा डा‘क्टर सूर्यदेव साहको संलग्नता समेत रहेको रहश्य खुलेको हो ।
डा‘क्टर साह्ले दिएको पशुको निरोगिता समन्धित कागजात समेत फर्जी रहेको तथ्य फेला परेको हो ।
कुखरा भारत बाट ल्याएको भये पनि कागज नेपालकै बोकेको फेला पर्यो ।
साह सप्लायर को नाम मिति २०७४ माघ २९ को मितिमा बिल काटेको भएपनि उक्त बिल आफ्नो न रहेको बताउछन साह सप्लायर का संचालक मनोज साह ।
एता निरोगिता को प्रमाण पत्र दिएको डा‘क्टर सूर्य देव कमीशन लिएर गलत प्रमाण पत्र दिदै आएको प्रमाणित भएपनि सरोकारवाला निकाय कुनै कारवाही न गरेको आरोप लगाउछन किसान संघ, धनुषाको अध्यक्ष रूपेश ठाकुर ।
धनुषामा मुर्गा ब्यापार गर्दै आएका १ सय भन्दा बढ़ी किसान मार्कामा परेका छन ।
कुखराको काला बाजारी मा संलग्न रहेकाहरुको कारण जनकपुर लगायतको क्षेत्रमा किसान लाई दुख भोगनु परेको एक कुखरा पालन गर्दै आएका युवा किसान अजय राउत बताउछन ।
राउतका अनुसार गैर कानूनी कार्य हो भारत वाट मुर्गा ल्याउनु । नेपाल सरकार ले भारत बाट मुर्गा ल्याउन प्रतिबंध लगायेपनी अबैध रुपमा मुर्गा ब्यापरिहरु डा‘क्टर को सहयोगमै यस्ता कारोबार गर्दै आएको र स्थानीय ब्यापारी नेताहरु समेत यस गलत कार्यमा संलग्न रहेको आक्रोश ब्यक्त गर्छन धनुशाको किसानहरू ।
भारतको सीमावर्ती इलाकाहरू बाट अहिले भारी मात्रामा अबैध मुर्गा तस्करहरु धनुषा र महोत्तरीको बिभिन्न नाका बाट मुर्गा भित्रयाउँदै गरेको तथ्य फेलापरेको हो ।
स्थानीय बजारमा १८५ देखी २०० रुपैया सम्म केजी पर्ने मुर्गा भारतको बाजार बाट मगाउदा नेपाली १३० रुपैया मात्र पर्छ बताउछन एक जनकपुरका किसान शम्भू राउत ।
राउत का अनुसार भारत बाट मुर्गा आउदा बर्डफ्लू को डर भएको रहेकाले नेपाल सरकार अहिलेपनी पूर्ण प्रतिबन्धन लगाइएको हो ।
अनुगमनकारी निकायले अब पनि सचेत न भये भने किसान त मार्का मा पर्छ नै उपभोक गर्ने ब्यक्तिहरु को स्वास्थ्य मा समेत प्रतिकूल प्रभाव पर्छन ।
 


यसमा तपाईको मत