• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा मृत्यु

घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा मृत्यु
 
फागुन १ गत्ते ,धनुषा । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको माघ २० गते बिहान ९ बजे पति रसिदसहित घरपरिवारले मट्टीतेल जिउमा खन्याएर जलाएपछि गम्भीर घाइते भएकी हजराको उपचार जनकपुर अञ्चल अस्पलमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । हजराको टाउकोभन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो ।
घटनापछि हजराले आफूलाई पति रसिद राईन , ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको बयान दिएकी थिइन् । खातुनले अन्तिम प्राण त्याग्नुअघि दोषीलाई कारवाही होस् भन्ने चाहेकी छिन् । उनले प्राण त्याग्नुअघि दोषीलाई कारवाहीको मागसमेत गरेकी छिन्, ‘सबै मिलेर मलाई जलाएको छ, म मरे पनि कसैलाई नछोड्नु ।’
घटनापश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका –२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको थियो । सम्बन्धविच्छेद नै गर्न नमान्दा मट्टीतेल छर्केर छोरीलाई जिउँदै जलाएर हत्या गरेको बुवा सकुर राईनले बताउनुभयो । छोरीको मृत्युपश्चात बुवा सकुरले आफ्नी छोरीको सम्पूर्ण हत्याराहरुलाई कारवाहीका लागि पहल गरिदिन सबैपक्षसँग आग्रह गर्नुभएको छ । प्रहरीले हालसम्म हजराकी पति रसिदलाई मात्रै पक्राउ गरेको छ ।
 


यसमा तपाईको मत