• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई प्रदेशप्रमुख कायस्थको आहृवान

मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई प्रदेशप्रमुख कायस्थको आहृवान
 
फागुन १ गत्ते ,धनुषा । प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आहृवान गरेका छन् ।
सोमबार प्रदेश प्रमुखको कार्यालयकले विज्ञप्ति जारी गरी बहुमत जुटाएर मुख्यमन्त्री नियुुक्तिका लागि दावी पेश गर्न दलहरुलाई आहृवान गरेको हो ।
प्रदेश २ मा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरी आउन प्रदेश प्रमुखले प्रदेशसभाका राजनीतकि दलहरुलाई आहृवान गरेका प्रदेश प्रमुखको कार्यालयका सचिव लावण्यकुमार ढकालले जनाएका छन् ।
प्रदेश २ मा मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले मिलेर सरकार निर्माण गर्ने सहमति गरिसकेका छन् ।
प्रदेशसभामा उनीहरुको बहुमतसमेत पुग्नेछ । दुई पार्टीको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउनेछ । फोरमले संसदीय दलको नेतामा पर्साबाट निर्वा्चित लालबाबु राउतलाई चयन गरिसकेकाले उनी मुख्यमन्त्री हुने सम्भावना बढी छ ।
 


यसमा तपाईको मत