• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

जलेश्वरनाथ महादेवमा हजारौ दर्शनार्थीको भिड

जलेश्वरनाथ महादेवमा हजारौ दर्शनार्थीको भिड
 
रंजन भण्डारी
फागुन २ गत्ते,महोत्तरी।
 
विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिंगको दर्शन गर्न विहान १ बजे देखि नै भक्तजनको ताती लागेको छ । शिवलिंगको एक झलक देख्ने लालसा बोकेका शिवभक्तहरु बिहानै देखि लाईनमा बसेका हुन । यता शिवरात्रीलाई मध्यनजर गर्दै मेलाको विशेष तयारी समेत गरिएको छ । त्यसतै टुटेश्वरनाथ तथा महोत्तरीका अन्य शिवालयहरुमा समेत भक्तजनको घुईचो लागेको छ ।
 
करिव २० लाखको लागतमा वैष्णो देवी गुफा बनाईएको छ भने वालवालिकाको लागि विभिन्न झुलाको समेत बन्दोवस्त गरिएको छ । यसपाली शिवरात्रीमा जलेश्वर नगरपालिका समेत सकृय भएको छ । नगरप्रमुख रामशंकर मिश्रले समेत शिवरात्रीको तयारीमा विशेष चासो राखेका छन भने देवेन्द्र साहको संयोजकत्वमा पुजा व्यवस्थापन समिति गठन गरि सोहि समिति मार्फत पुजाको विभिन्न तयारी समेत गरियो ।
 
यता शिवरात्री आज मनाउने वा भोली भन्ने अन्यौलताले भक्तजनहरु आज समेत शिवलिंगको दर्शन गरेर धेरै व्रत समेत वसेको देखिएको छ भने धेरै भोली समेत व्रत वस्ने र शिव लिंगको दर्शन गर्ने बताउछन ।
 
महाशिवरात्रीको लागि नेपाली सेना र नेपाली सेवा दल९एनसिसि०,शसस्त्र प्रहरी र सामुदायिक प्रहरीका साथै विभिन्न संघसंस्था ,युवा तथा वुद्धिजिवी सकृय भएका छन ।
 
आज भाकल गर्नेहरुले भाटा र धानको भार समेत चढाएका छन भने शिवमाथी विश्वास गर्नेहरुले दण्डप्रणाम समेत गरेका छन ।
 
कुनै व्यक्तिले नभई स्वयं अनादी शक्ति स्वयम्भुका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिन्ह अंकित यस लिंगमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थहरुमा श्लोक लेखिएको छ ूजलेश्वरो महालिंग रुद्रेण स्थापितः स्वयमू । यस्तो ज्योतिर्मय शिवलिंगको दर्शन मात्रले मोक्षको प्राप्ती हुने जनविश्वासका साथ टाढा टाढाबाट दर्शनार्थीहरु आउने गरेका छन ।
 
जानकारको नजरमा जलेश्वरनाथ ः
 
जनकपुर अन्चलकै पहिलो बि।ए। उतिर्ण गरेका तथा अंचलकै पहिलो पत्रकार स्व।राम स्वरुप प्रसाद बिएले आफ्नो अध्ययनका आधारमा हिन्दीमा जलेश्वरनाथ महात्म भन्ने पुस्तक लेखेर चर्चित भए उनको पुस्तकमा लेखिएको छ  जलेश्वरनाथ भगवान शंकरको ज्योतिर्मय लिंग भएको मन्दिर हो यसमा कसैको विमती छैन । यसको ऐतिहासिक वा पौराणिकतालाई लिएर अनेक संभावनाहरु अघि सारिएतापनि यस सम्बन्धी केहि तत्वहरुलाई हेर्दा यसले प्राचिन एवं पौराणिक अस्तित्व बोकेको कुरा पुष्टि भएका पुस्तकमा उल्लेख छ ।
 
वि।सं। २०४१ मा पहिलो संस्करण प्रकाशित भएको पुस्तकको नेपाली अनुवाद र मन्दिर सम्बन्धि थप तथ्यहरु समाविष्ट गरि  दोस्रो संस्करण निकाल्न लागेका उहाका सुपुत्र मन्दिर मामिलाका गहन शोधकर्ता विश्वेश्वर प्रसाद ९राजा०ले वर्तमान शिव मन्दिर मुगल शैलीमा आधारित भएर निर्माण गरिएको बताउछन ।
 
उहा  भन्छन जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजा सहित बिचमा केहि उठेको भाग छ । मन्दिरको मध्यवर्ति भाग तिर १६ सिढी मुनी एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिंग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात जलेश्वर महादेवको नामबाट पुकारिन्छ ।
 
 
यसरी दर्शन गर्न सकिन्छ शिवलिंगको ः
 
मन्दिर भित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिंग स्थापित छ । मन्दिर वारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौ पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरेपनि ति प्रयासहरु असफल भएकोमा नेपाली सेनाको सहयोगमा वाल्टीले नै जल निकालेर शिवलिंगको दर्शन गर्न थालिएको बताउछन ।
 
 केहि वर्ष देखि शसस्त्र प्रहरीले समेत नेपाली सेनासंगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमवार र तेस्रो सोमवार एक पटकलाई गुफाको जल निकालिदै आइएको छ भने महाशिवरात्रीको दिन दुई देखि ३ लाख दर्शनार्थीले शिवलिंग दर्शन गर्ने गरि गुफाको जल निकालिने गरिएको छ । केहि शिवभक्तहरुले गुफा भित्र प्रवेश गरि शिवलिंग दर्शन गर्न जादा जलमा खुटटा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफा भित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन ।
 
मन्दिरको खोज र जगदिशनाथ ः
 
लामो समय देखि महोत्तरी कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका पत्रकार राकेश प्रसाद चौधरीले वि।सं। २०६४ सालमा हिन्दी भाषामा जलेश्वर के खोजकर्ता “जगदीशनाथ की जीवन गाथा” भन्ने किताव लेखेका छन । कितावका अनुसार तिनजना योगीहरु  सिताको मटकोर भएको ठाउ मटिहानीमा आएका थिए । केहि पर मात्र बाबा मलंगको आश्रम देखेर उनीहरु त्यहा पुगे । बाबा मलंगले तिनैजनालाई तिन दिशामा जान निर्देशित गरे र सो मध्ये एकजना जुन अझै तसमैया बाबाको नामले विख्यात छन उनी त्यही वसे र जगदीशनाथ जलेश्वर आए ।
 
पुस्तकका अनुसार सेन राज्य अन्तर्गत मकवानपुर राज्य रहेको र मणिक सेनका पुत्र राज्य गरिरहेकोमा त्यसको एक प्रान्तमा महोत्तरी पनि थियो र यहा सुब्बा लिवाङ्ग हाङ्ग थिए ।
 
जगदीशनाथ शिवभक्त दिए र उनले नृत्य दिन शिवको पुजा गर्ने गरेका थिए । एक दिन उनी  वरुण सरमा स्नान गरि बटबृक्षको मुनी ध्यानमा गरिरहदा बटबृक्षबाट पात झरेर आफै बल्दै गरेको देखे । बलेर आफै भष्ण हुने प्रकृया देखेर उनी अचम्भित भए ।
 
केहि दिन पछि उनको स्वपनमा महादेवले दर्शन दिएर त्यही आफ्नो गुफा भएको अवगत गराए र त्यसलाई सार्वजनिक गर्न भने । आफुसंग त्यहा खन्नलाई पैसा नभएको बताए र महादेवले दुई कोस पर आफ्नो गढ भएको बताए ९हाल सो ठाउ सनुषडाको नामले परिचित छ ०त्यहीबाट जगदीशनाथले सोनाको चर्खा लिएर ल्याए र हालको जलेश्वरनाथको गुफा खन्न लगाए । यहि स्थान अहिले जलेश्वरनाथ महादेवको नामले परिचित छ ।


यसमा तपाईको मत