• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छुः मुख्यमन्त्री राउत

प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छुः मुख्यमन्त्री राउत
नेहा झा 
फागुन २ गत्ते,जनकपुरधाम ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ लाई समृद्ध र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन । मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै सञ्चारकर्मीसँग राउतले प्रदेशको विकासका लागि यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग सहकार्य गरी नमूना प्रदेश बनाउन प्रयासरत रहने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेका जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर, गढीमाई मन्दिर तथा सखडा भगवती मन्दिर लगायतका धार्मिक स्थलको सौन्दर्यीकरण गरी धार्मिक पर्यटनलाई बढावा दिने बताए । राजधानी विवादबारे मुख्यमन्त्री राउतले प्रदेशसभाको दुई तिहाई सदस्यले निर्णय गरे अनुरुप नै स्थायी राजधानी तोकिने उल्लेख गरे । उनले प्रदेशको कामकाजी भाषा समेत बहुमत जनसमुदायले बोल्ने भाषा नै हुने स्पष्ट पारे । प्रदेश दुईमा मैथिली, भोजपुरी, थारु लगायतका भाषाभाषी रहेका छन् । राउतले पार्टी्भित्र आन्तरिक छलफल गरी बिहीबार नै सानो आकारको मन्त्रीमन्डल विस्तार गर्ने जानकारी समेत दिए ।
 


यसमा तपाईको मत